महिन्द्र राय यादव सर्लाही-२ बाट सत्ता गठबन्धनको उम्मेदवार

नेपालभ्युज

महिन्द्र राय यादव सर्लाही-२ बाट सत्ता गठबन्धनको उम्मेदवार

सर्लाही। पाँचदलीय सत्ता गठबन्धनले सर्लाही २ मा महिन्द्र राय यादवलाई आधिकारिक उम्मेदवार बनाएको छ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष यादव आधिकारिक उम्मेदवार भएको सत्ता गठबन्धनकारी दलले विज्ञप्तिमार्फत जनाएका छन् ।

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले सामूहिक विज्ञप्ति जारी गरेर उक्त जानकारी दिएका हुन् ।

उक्त क्षेत्रमा सत्ता गठबन्धनसँग चुनावी तालमेलमा रहेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट राजेन्द्र महतो पनि उम्मेदवार छन् ।

महतो र यादवमध्ये सत्ता गठबन्धनको आधिकारिक उम्मेदवारबारे अन्योल भएपछि चार दलले संयुक्त विज्ञप्ति निकालेका हुन् ।

यसैगरी, सर्लाही-२ को प्रदेशसभा १ मा सुनील साह र २ मा कौशलकिशोर राय यादव आधिकारिक उम्मेदवार भएको पनि विज्ञप्तिमा उल्लेख छ ।

साथै, सत्ता गठबन्धनले आफ्ना पार्टीका बागी उम्मेदवारी फिर्ता लिनेलाई धन्यवाद पनि दिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved