अर्थमन्त्री शर्मा अमेरिकामा

नेपालभ्युज

अर्थमन्त्री शर्मा अमेरिकामा

अमेरिका। अर्थमन्त्री जनार्दन शर्मा विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक सम्मेलनमा भाग लिन मङ्गलबार साँझ अमेरिकाको राजधानी वासिङटन डिसी आइपुगेका छन्।

अर्थमन्त्री शर्मालाई विमानस्थलमा स्वागत गर्न अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीलगायत दूतावासका प्रतिनिधिहरू पुगेका थिए। अमेरिकाको राजधानी वासिङटन डिसीमा यही अक्टोबर १० देखि सुरु भएको विश्व बैंकको वार्षिक बैठक यही १६ तारिखसम्म जारी रहनेछ।

अर्थमन्त्री शर्माको नेतृत्वमा विश्व बैंकको बैठकमा सहभागी हुन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, अर्थसचिव कृष्णहरि पुष्करसहित अर्थ मन्त्रालय तथा राष्ट्र बैंकका उच्च अधिकारीहरू डीसी आइपुगेका छन्। अर्थमन्त्री शर्माले बुधबार विश्व बैंक भोटिङ ग्रुपको बैठकमा सहभागिता जनाउनुका साथै विश्व बैंकको विभिन्न मन्त्रिस्तरीय सत्रहरूमा सहभागी हुनेछन्।

उनले अमेरिकी सहयोग नियोगका उच्च अधिकारीसँग भेटघाट गर्ने, विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषका उच्च पदाधिकारीहरूसँग पनि छलफल गर्नुहुने कार्यक्रम रहेको डिसीस्थित नेपाली दूतावासले जनाएको छ। उता सोमबार नै यहाँ आइपुगेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भने बैठकका विभिन्न सत्रमा नेपालका तर्फबाट सहभागिता जनाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved