ह्वात्तै घट्यो सुनको मूल्य

नेपालभ्युज

ह्वात्तै घट्यो सुनको मूल्य

काठमाडौं। मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सोमबारको तुलनामा आज उक्त मूल्यले सुनको भाउ घटेको हो ।

यससँगै, छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ छ भने तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँ छ । हिजो सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ७०० रुपैयाँ थियो ।

यसैगरी, चाँदीको मूल्य समेत आज प्रतितोला १५ रुपैयाँले घटेको छ । हिजो सोमबार प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १२ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सोमबार पनि चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेर कारोबारमा आएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved