तोलामा ८ सय रुपैयाँले घट्यो सुन

नेपालभ्युज

तोलामा ८ सय रुपैयाँले घट्यो सुन

काठमाडौं। सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला ९६ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ८ सय रुपैयाँले घट्दै ९५ हजार २ सय रुपैयाँमा झरेको हो ।

आइतबार ३ हजार रुपैयाँले बढेर सुनको मूल्य ९६ हजार रुपैयाँमा पुगेको थियो ।

यस्तै, आज तेजाबी सुनको मूल्य पनि ८ सय रुपैयाँले नै घट्दै ९४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा तोलामा २५ रुपैयाँले घट्दै आज १ हजार २३० रुपैयाँमा कारोबार भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved