प्युठान पहिरोमा पुरिएका तीन महिलाको शव निकालियो, तीनजना अझै बेपत्ता

नेपालभ्युज

प्युठान पहिरोमा पुरिएका तीन महिलाको शव निकालियो, तीनजना अझै बेपत्ता
सांकेतिक तस्वीर

काठमाडौं। प्युठानको माण्डवी गाउँपालिका-४ फरिन्डेमा शुक्रबार पहिरोमा पुरिएर बेपत्ता भएका तीन महिलाको शव आज निकालिएको छ।

पहिरोमा बेपत्ता हुने एक बालकसहित तीन पुरुष अझै बेपत्ता छन्। स्थानीय बमबहादुर राहु मगरको घर पहिरोमा पुरिएर हिजो ६ जना बेपत्ता भएका थिए।

स्थानीय शशी खत्रीले दिएको जानकारी अनुसार शुक्रबार दिनभर सुरक्षाकर्मी र स्थानीयले खोजी गर्दा ५५ वर्षीया थमा बुढामगर, १८ वर्षीया मौसमी थापा र २१ वर्षीया टेकी राहु मगरको शव पहिरोबाट निकालिएको हो। उक्त पहिरोमा परी ६० वर्षीय बमबहादुर राहु मगर, चार वर्षीय सुसान्त राहु मगर र ६० वर्षीय हिराबहादुर थापा मगर अझै बेपत्ता छन्।

आज शव निकालिएका तीन‌ै महिलाको घटनास्थलमै चिकित्सकको टोलीले पोष्टमार्टम गरेको छ। उनीहरूका आफन्तहरू बाहिरबाट आउन लागेकाले शव दाहासंस्कार नगरेरै राखिएको खत्रीले बताए।

घरेलु सामग्रीको सहायताले शव खोज्न निकै अफ्ठेरो भएको उनले बताए। तीन वटै सुरक्षाकर्मीको टोली दिनभर शव खोजेर साँझ फर्किएको छ। खोला तरेर जानु पर्ने भएकाले तत्काल डोजर घटनास्थल पुग्न असम्भव रहेको शशीले जानकारी दिए।

यो पनि पढ्नुहोस्

ज्यान जोगाउन आफ्नो घर छाडे तर पहिरोले छाडेन

प्युठानको माण्डवीमा पहिरोले घर भासिँदा ६ जना बेपत्ता


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved