पहिरोले पाल्पा-बुटवल र मुग्लिन-पोखरा सडक बन्द

नेपालभ्युज

पहिरोले पाल्पा-बुटवल र मुग्लिन-पोखरा सडक बन्द
फाइल तश्वीर

काठमाडौं। पहिरो खसेपछि पाल्पा-बुटवल सडकखण्ड बन्द छ । खुलाउने प्रयास भैरहेको र अझै केही घण्टा लाग्ने प्रहरीले जनाएको छ ।

सिद्धार्थराजमार्ग अन्तर्गत हिउँदे खोला, सिद्धबाबा, भालेबास लगायतका क्षेत्रमा गएराति पहिरो गएपछि बाटो बन्द भएको हो । यस्तै पाल्पा – वालिङ्ग सडकखण्ड र पाल्पा रिडी सडकमा भने अवरोध छैन । तर विभिन्न ठाउँमा पहिरो झरेपछि साना गाडीलाई समस्या भएको छ ।

यस्तै, पृथ्वीराजमार्गअन्तर्गत तनहुँ खण्डको दुई स्थानमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ । शुक्रबार बिहान जिल्लाको म्याग्दे–१ गुणादी र व्यास नगरपालिका–१२ घाँसीकुवामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । राजमार्ग खुलाउन एस्काभेटर र डोजर परिचालन गरिसकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए । राजमार्ग अबरुद्ध भएकाले सयौँ सवारीसाधान रोकिँदा यात्रुले सास्ती भोग्नुपरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved