चार घण्टापछि नारायणगढ- मुग्लिन सडक खुल्यो, सवारी आवागमन सहज हुँदै

नेपालभ्युज

चार घण्टापछि नारायणगढ- मुग्लिन सडक खुल्यो, सवारी आवागमन सहज हुँदै

काठमाडौं । विहानदेखि अवरुद्ध बनेको नारायणगढ मुग्लिन सडक खण्ड ४ घण्टापछि सञ्चालनमा आएको छ ।

चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित सत्र किलोको पहिरो हटाएपछि सो सडक खण्ड दुईतर्फी नै खुलेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

गएराती देखि परेको अविरल बर्षाका कारण सो स्थानमा पहिरो गएको थियो ।

बिहान ८ बजेर २० मिनेटमा गएको पहिरो साढे ११ बजे सञ्चालनमा आएको प्रहरीले जनाएको छ । पहिरो खुलेपछि जाममा फसेका सवारीसाधन गन्तव्य तर्फ लागेका छन् ।

सडक खुले पनि सवारीको लाम लामो भएकाले यातायातको चाप बढेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved