इङ्ल्याण्डविरुद्धको सिरिज जित्ने योजनामा पाकिस्तान

नेपालभ्युज

इङ्ल्याण्डविरुद्धको सिरिज जित्ने योजनामा पाकिस्तान

काठमाडौं। टी–२० सिरिजअन्तर्गत छैटौँ खेलमा आज शुक्रबार पाकिस्तान र इङ्ल्यान्ड भिड्दै छन् । लाहोरमा हुने खेलमा पाकिस्तान र इङ्ल्यान्ड नेपाली समय अनुसार राति सवा ८ बजे आमने सामने हुनेछन् ।

इङ्ल्यान्ड तेस्रो जितको खोजीमा छ भने पाकिस्तान चौथो जित निकाल्न चाहन्छ । पाकिस्तान जित निकाल्दै सिरिजको उपाधि जित्ने योजनामा रहेको छ । इङ्ल्याण्ड भने तेस्रो जितको साथ सिरिजलाई बराबरीमा पुर्‍याउन चाहन्छ ।

७ खेलको टी–२० सिरिजमा पाकिस्तानले ३ मा जित निकालेको छ भने इङ्ल्यान्ड २ खेल आफ्नो पक्षमा पारेको छ । दुई राष्ट्रबीचको अन्तिम खेल सोमबार हुनेछ ।  
 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved