रञ्जिताको भावुक सम्बोधन-मेरो श्रीमान दसैँ मनाउन घर आएको भए मलाई कस्तो अनुभूति हुन्थ्यो ?

नेपालभ्युज

रञ्जिताको भावुक सम्बोधन-मेरो श्रीमान दसैँ मनाउन घर आएको भए मलाई कस्तो अनुभूति हुन्थ्यो ?

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले बुधबार  कैलालीको लम्कीमा आयोजित पार्टी प्रवेश तथा भेटघाट कार्यक्रमलाई भावुक रुपमा सम्बोधन गरेकी छन् । टीकापुर घटनाका मुख्य अभियुक्त मानिएका रेशम चौधरीकी पत्नी समेत रहेकी रञ्जिता  नेपालीको घर आँगनमा भित्रिसकेको दसैँ र दसैँमा हुने उल्लासमय क्षणमा आफ्नो पति संझदै एकाएक भावुक बनेकी हुन् ।

उनले सम्बोधनका क्रममा भनिन् ‘धेरै कुरा भन्न चाहन्नँ । दसैँ घर आँगनमै आइपुगिसकेको छ । तपाईंहरुको बुबा, छोरा पनि दसैँ मनाउन घर पुगिसकेका होलान् । कोही पुग्दै होलान्,’  ‘मलाई पनि लाग्छ, मेरो श्रीमान पनि दसैँ मनाउन घर आएको भए मलाई कस्तो अनुभूति हुन्थ्यो ? उनले अगाडी भनिन्, जो–जो कारागारमा छन्, उनीहरु पनि घर आएको भए उनीहरुका घर परिवारमा कस्तो खुसियालीको माहोल हुन्थ्यो होला ।’

उनले आफूमाथि राज्यबाट चरम दमन र अत्याचार भएको बताएकी उनले सोही दमन र अत्याचारबाट उन्मुक्तिका लागि  नागरिक उन्मुक्ति पार्टी गठन भएको  स्पष्ट पारिन् । २०७२ मा संविधान बनिरहेको अवस्थामा आफूहरु पनि यो देशको नागरिक भएकोले पहिचान र अधिकारको लडाईँमा आफूहरुमाथी सरकारले दमन गरेको उनले बताईन् ।

उनले आफ्ना आफन्तजनसँग यो दसैँ मनाउन नपाए पनि आउँदो माघीसम्म  टीकापुर घटनाका जेलबन्दीहरु घर आउने  विश्वास व्यक्त गरिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved