बिहारमा चट्याङ लागेर एकै दिन २१ जनाको मृत्यु

नेपालभ्युज

बिहारमा चट्याङ लागेर एकै दिन २१ जनाको मृत्यु

नयाँदिल्ली। भारतको पूर्वी राज्य विहारमा  चट्याङबाट एकैदिन कम्तीमा २१ जनाको ज्यान गएको छ। चट्याङबाट मृत्यु भएकाबारे राज्यको विपद् व्यवस्थापन प्राधिकरणका एक अधिकारीले पुष्टि गरेका हुन् । खेतको काममा व्यस्त रहेका बेला उनीहरूको ज्यान गएको उनले बताए ।

विहारका १० जिल्लामा चट्याङ लागेर सर्वसाधारणको मृत्यु भएको बताउँदै उनले पूर्णिया र अररियामा चार–चार जना, सुपौलमा तीन, बाङ्का, जमुई र नवाडामा दुई–दुई तथा बेगुसराय, शेखपुरा, शारण र सहरसामा एक–एक जनाले ज्यान गुमाएका जानकारी दिएका छन् ।

यसैबीच, विहारका मुख्यमन्त्री नीतिशकुमारले चट्याङ लागेर ज्यान गुमाएका प्रत्येकका परिवारका सदस्यलाई भारू चार लाख क्षतिपूर्ति प्रदान गर्ने घोषणा गरेका छन् । साथै, उनले राज्यवासी सबैलाई सचेत रहन, प्रतिकूल मौसममा घरबाहिर ननिस्कन तथा विपद् व्यवस्थापन प्राधिकरणले जारी गरेका चेतावनीको पालना गर्न आग्रह गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved