साफ महिला फुटबल : भुटानविरुद्ध बङ्गलादेशको ४ गोलको अग्रता

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा जारी खेलको पहिलो हाफमा बङ्गलादेशले ४-० को अग्रता लिएको हो।

नेपालभ्युज

साफ महिला फुटबल : भुटानविरुद्ध बङ्गलादेशको ४ गोलको अग्रता

काठमाडौं। साफ महिला च्याम्पियनसिप फुटबलको पहिलो सेमिफाइनलमा अहिले बङ्गलादेश र भुटानबीच प्रतिस्पर्धा भइरहेको छ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा जारी खेलको पहिलो हाफमा बङ्गलादेशले ४-० को अग्रता लिएको छ।

बङ्गलादेशका लागि मोसम्मत सिरात जहान शोपना, सबिना खातुन, श्रीमोती सरकार र रिता मोना चक्माले गोल गरेका छन् ।

दोस्रो मिनेटमा शोपनाले गोल गर्दै बङ्गलादेशलाई अग्रता दिलाइन्। सबिनाले १८ औँ मिनेटमा दोस्रो गोल गरिन्। ३० औँ मिनेटमा सरकारले तेस्रो तथा ३५ औँ मिनटमा चक्माले चौथो गोल गरिन् । दोस्रो सेमिफाइनलमा भारत र नेपाल बेलुकी साढे ५ बजे आमने सामने हुनेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved