प्रहरीको साइबर ब्यूरोले भन्यो- बच्चा चोरी भन्ने भ्रामक हल्लाको पछि नलाग्नु

नेपालभ्युज

प्रहरीको साइबर ब्यूरोले भन्यो- बच्चा चोरी भन्ने भ्रामक हल्लाको पछि नलाग्नु

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक संजालमा फैलाईएको भ्रामक प्रचारप्रति गम्भिर ध्यानाकर्षण भएको बताएको छ । नेपाल प्रहरी प्रधान कार्यलय, साईबर ब्यूरो भोटाहिटीले सोमबार एक सूचना जारी गर्दै यस्तो भ्रामक हल्लाको पछि नलाग्न अनुरोध गरको हो ।

ब्यूरोले नेपालमा पछिल्लो समय बच्चाहरूको चोरी भइरहेको भन्ने हल्ला भ्रामक रहेको जनाएको छ ।

पछिल्लो समय विभिन्न व्यक्तिले सामाजिक सञ्जालमा भारतबाट आएकाहरूले नेपालमा बच्चा चोरी गरिरहेको भन्दै भ्रम फैलाएपछि  त्यस्ता भ्रामक हल्लाको विश्वास नगर्न सुचनामा आग्रह गरिएको छ । त्यस्ता घटनाबारे अहिलेसम्म उजुरी प्राप्त नभएको पनि प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved