सन्दीप पाटिल पोखरा एभेन्जर्सको मेन्टर नियुक्त

नेपालभ्युज

सन्दीप पाटिल पोखरा एभेन्जर्सको मेन्टर नियुक्त

 काठमाडौं। नेपाल टी–२० लिगको सहभागी टोली पोखरा एभेन्जर्सले भारतीय पूर्व क्रिकेटर सन्दीप पाटिललाई मेन्टर नियुक्त गरेको छ । काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गरेर एभेन्जर्सले पाटिललाई मेन्टर तथा मुख्य प्रशिक्षकका रूपमा सार्वजनिक गरेको हो । 

‘नेपाल टी–२० लिगले नेपाली युवा क्रिकेटरहरुलाई उत्कृष्ट अवसर प्रदान गर्नेछ । नेपाललाई क्रिकेटिङ राष्ट्रका रूपमा स्थापित गर्न लिग र पोखरा एभेन्जर्सले महत्वपूर्ण भूमिका खेल्ने विश्वास बोकेको छु ।’, मेन्टर पाटिलले खुसी व्यक्त गर्दै भने । 

नेपाल क्रिकेट संघ क्यान र आईसीसीबाट लिगलाई मान्यता प्राप्त भएसँगै विश्व क्रिकेटमा नेपाललाई स्थापित गर्न मद्दत पुग्ने पनि पाटिलले बताए । 

पाटिल हार्ड–हिटिङ ब्याट्सम्यान, मिडियम पेस बलर, पूर्व भारतीय क्रिकेटर, भारतीय राष्ट्रिय उमेर समुह व्यवस्थापक, राष्ट्रिय केन्या क्रिकेट टोलीका पूर्व प्रशिक्षक र १९८३ को विश्व कप विजयी भारतीय टोलीको सदस्य रहिसकेका छन् ।

कार्यक्रममा एभेन्जर्सले आफ्नो लोगो, टी–सर्ट र खेलाडी पनि सार्वजनिक गरेको थियो । नेपाली राष्ट्रिय टोलीका खेलाडी शरद भेषावकर एभेन्जर्समा मार्की खेलाडीका रूपमा सहभागी छन् । 

‘निकै नै सहयोगी व्यवस्थापन समिति रहेको छ । हरेक चरणमा पूर्ण साथ पाइरहेका छौँ । हामी प्रतियोगिता जित्नको लागि तयार छौँ ।’, भेषावकरले बताए । 

‘राष्ट्रलाई आर्थिक उन्नतिमा क्रिकेटले टेवा पुर्‍याउन सक्ने सन्देश पोखारा एभन्जर्सले दिनेछ ।’, एभन्जर्सका अध्यक्ष पोशराज ज्ञवालीले बताए ।

एभेन्जर्सले १४ खेलाडी सम्मिलित टोली पनि सार्वजनिक गरेको छ । टोलीमा भेषावकरसँगै मोहम्मद आसिफ शेख, सुमित महर्जन, कुशल मल्ल, प्रतिष जीसी, आरिफ शेख, सिद्धार्थ लोहनी, विशाल विक्रम केसी, तुल बहादुर थापा, विपिन खत्री र कृष्णा कार्की रहेका छन् ।

अन्तर्राष्ट्रिय खेलाडीमा श्रीलंकाली निरोशन डिकवेलासीकुगे प्रसन्ना तथा पाकिस्तानी क्रिकेटर मोहम्मद हफिज रहेका छन् । 

साथै, केटीएम सिटी र एभन्जर्सबीच पनि सम्झौता भएको छ । केटीएम सिटीले एभन्जर्सको जर्सी प्रायोजन गरेको छ । 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved