नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आज जनकपुरधाम जाँदै

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आज जनकपुरधाम जाँदै

जनकपुरधाम। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आज जनकपुरधाम आउने भएका छन्।

जनकपुरधामस्थित तिरहुतियागाछीमा जिल्ला कमिटीले आयोजना गरेको बृहत् जनसभामा तथा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन ओली जनकपुरधाम आउन लागेको नेकपा एमालेले जनाएको छ ।

लामाे समयको अन्तरालमा ओली यस्ता कार्यक्रममा सहभागी हुने जनकपुरधाम आउन लागेका छन् ।

जनसभालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था पनि कडा बनाइएको छ । कार्यक्रमस्थलमा ठूलो पण्डालसहित ठाउँ-ठाउँमा ओलीलाई स्वागतसहितको ब्यानर पनि लगाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved