पपुवा न्युगिनीमा ७.६ म्याग्निच्युडको भूकम्प : कम्तीमा ५ जनाको मृत्यु

नेपालभ्युज

पपुवा न्युगिनीमा ७.६ म्याग्निच्युडको भूकम्प : कम्तीमा ५ जनाको मृत्यु

काठमाडौं।पपुवा न्युगिनीमा आएको शक्तिशाली भूकम्पमा परेर कम्तीमा पाँच जनाको मृत्यु भएको छ । आइतबार बिहान आएको ७ दशमलव ६ म्याग्निच्युडको भूकम्पमा धेरै घरहरू भत्किएका छन् । भूकम्पपछि केही सडक खण्डमा धाँजा फाटेका छन् भने पहाडमा पहिरो गएको छ ।

दुर्गम पहाडी गाउँमा कम्तीमा पाँच जनाको ज्यान गएको र अन्य चारजनालाई गम्भीर अवस्थामा हेलिकोप्टरबाट अस्पताल लगिएको छ। नजिकैको वाउमा कोरगांको एउटा खानीमा पुरिएर तीन जना कामदारको मृत्यु भएको छ ।एजेन्सी

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved