एसियाकप जितेको श्रीलंका र हारेको पाकिस्तानले कति पैसा पाए ?

एसियाकपमा सबैभन्दा धेरै रन पाकिस्तानका मोहम्मद रिजवानले बनाएका छन् । उनले दुई सय ८१ रन बनाए, दोस्रोमा भारतका विराट कोहलीले दुई सय ७६ रन बनाए ।

नेपालभ्युज

एसियाकप जितेको श्रीलंका र हारेको पाकिस्तानले कति पैसा पाए ?

यूएई। पाकिस्तानलाई २३ रनले हराएर श्रीलंका एसियाकप क्रिकेटको च्याम्पियन बनेको छ । आर्थिक र राजनीतिक रुपमा संकटमा परेको श्रीलंकालाई एसियाकपको ट्रफिले केहि भएपनि खुसी र राहत दिएको छ ।

पाकिस्तान पनि इतिहासकै ठूलो प्राकृतिक विपत्तिमा परेको छ तर विपद्को घाउमा पाकिस्तानी खेलाडीले उपाधिको मलम लगाउन सकेनन् ।

एसियाकप क्रिकेट जितेको श्रीलंकाको टिम र खेलाडीले मनग्य पैसा पुरस्कारको रुपमा पाएका छन् । विजेता बनेको श्रीलंकाले एक लाख पाँच हजार डलर अर्थात तीन करोड ७८ लाख श्रीलंकन रुपी पुरस्कार पाएको छ । यसको साथै प्लेअर अफ द टूर्नामेन्ट बनेका वानिन्दु हषरंगाले १२ लाख र प्लेयर अफ द फाइनल घोषित भएका भानुका राजापाक्षेले पनि ४ लाख रुपी पुरस्कार पाएका छन् ।

यस्तै उपविजेता बनेको पाकिस्तानले ७५ हजार डलर पुरस्कार पाएको छ ।

एसियाकपमा सबैभन्दा धेरै रन पाकिस्तानका मोहम्मद रिजवानले बनाएका छन् । उनले दुई सय ८१ रन बनाए, दोस्रोमा भारतका विराट कोहलीले दुई सय ७६ रन बनाए । बलिङ्तर्फ भारतका भुवनेश्वर कुमारले सर्वाधिक ११ र दोस्रोमा श्रीलंकाका वानिन्दु हषरंगाले नौ विकेट लिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved