लालिगामा आज ३ खेल हुँदै

नेपालभ्युज

 लालिगामा आज ३ खेल हुँदै

काठमाडौं। लालिगामा आइतबार ३ खेल हुँदैछन् । रियल म्याड्रिडको गृह मैदानमा हुने पहिलो खेलमा घरेलु टोली र मल्लोर्का आमने सामने हुनेछन् । म्याड्रिड र मल्लोर्का बेलुकी पौने ६ बजे आमने-सामने हुनेछन् । 

म्याड्रिड आफ्नो पाँचौँ जितको खोजीमा छ भने मल्लोर्का दोस्रो जितको खोजीमा रहेको छ । लगातार ४ जित निकालेको म्याड्रिड १२ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । मल्लोर्का भने ५ अंकसहित १३ औँ स्थानमा छ । अर्को खेलमा एल्चेएथलेटिक बिलिबाओ राति ८ बजे भिड्दैछन् । एल्चेको गृह मैदानमा हुने खेलमा घरेलु टोली पहिलो जितको खोजीमा छन् । एथलेटिक भने तेस्रो जितको खोजीमा रहेको छ ।

एल्चेअंकसहित तालिकाको १८ औँ स्थानमा रहेको छ । ७ अंक जोडेको एथलेटिक भने सातौँ स्थानमा रहेको छ । अर्को खेलमा भने गेताफे र रियल सोसिडाड राति सवा १० बजे भिड्दैछन् । गेताफे पहिलो जितको खोजीमा रहेको छ । सोसिडाड भने तेस्रो जितको खोजीमा छ । १ अंक जोडेको गेताफे १९ औँ स्थानमा छ । ७ अंक जोडेको सोसिडाड भने तेस्रो जित निकाल्न चाहन्छ । 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved