जमैकाले सन्दीप लामिछानेलाई खेलाएन, लुसिया किंग्ससँग पराजित

जमैकाले विहीबारको खेलमा सन्दीप लामिछानेलाई भने खेलाएको थिएन् । सन्दीप बेन्चमै थिए ।

नेपालभ्युज

जमैकाले सन्दीप लामिछानेलाई खेलाएन, लुसिया किंग्ससँग पराजित
फाइल तश्वीर

काठमाडौं । क्यारेबियन प्रिमियर लिग सीपीएलमा नेपालका सन्दीप लामिछाने आवद्ध जमैका तालवाज पराजित भएको छ । बिहीबार बिहान भएको खेलमा जमैका तालवाज सेन्ट लुसिया किंग्ससँग २ विकेटले पराजित भयो ।

जमैकाले बिहीबारको खेलमा सन्दीप लामिछानेलाई नखेलाउँदा उनी बेन्चमै थिए । जमैकाले दिएको एक सय ६४ रनको लक्ष्य लुसिया किंग्सले आठ विकेट गुमाएर एक बल बाँकि छँदै भेटायो । जमैका तीन खेलमा चार अंकसहित दोस्रो स्थानमा छ ।

सन्दीपले जमैका तालाबाजको टिममा दोस्रोपटक आबद्ध भएका हुन्। सन् २०२० को संस्करणमा उनले  जमैकाका लागि ५.२७ को इकोनोमीमा १२ विकेट लिएका थिए।  वेस्ट इन्डिज क्रिकेट बोर्डले आयोजना गर्दै आएको सीपीएल सन्दीप्ले सन् २०१८ देखि खेल्दै आएका हुन्। गत संस्करण उनी ट्रिनबागो नाइट राइडर्समा अनुबन्ध भएका थिए।

अहिले सन्दीपमाथि बलात्कारको आरोपमा जाहेरी दर्ता भएको छ । १७ वर्षकी बालिकाले भदौको ५ गते राति गौशालाको एक होटलमा पटक-पटक बलात्कार गरेको जाहेरी दिएपछि प्रहरीले अनुसन्धान गरिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved