बेलायतका नवनिर्वाचित प्रधानमन्त्री ट्रसलाई प्रधानमन्त्री देउवाको बधाई

बेलायतका नवनिर्वाचित प्रधानमन्त्री ट्रसलाई प्रधानमन्त्री देउवाको बधाई
फाइल तस्वीर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार संयुक्त अधिराज्य बेलायतका नवनिर्वाचित प्रधानमन्त्री लिज ट्रसलाई बधाई दिएका छन् ।

उनले सन्देशमार्फत प्रधानमन्त्री ट्रसलाई उनको सफल कार्यकालका लागि शुभकामना र बेलायती जनताको निरन्तर प्रगति र समृद्धिका लागि शुभकामना व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रमुख विकास साझेदारका रूपमा नेपालले बेलायतसँगको सम्बन्धलाई उच्च महत्व दिएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले नेपालको विकास प्रयासमा बेलायतले गरेको महत्वपूर्ण सहयोगका लागि धन्यवाद ज्ञापन गरेका छन् ।

प्रधानमन्त्री देउवाले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्मेलन (कोप–२६) मा सहभागी हुन गएको बेलायत भ्रमणको स्मरण गर्दै जलवायु कार्य र हरित विकासमा नेपालको दृढ प्रतिबद्धतालाई ध्यानमा राख्दै नेपालले गरेका प्रतिबद्धतामा बेलायतजस्ता विकास साझेदारको समर्थन रहने उल्लेख गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved