साफ च्याम्पियनसिपमा बङ्गलादेशको विजयी सुरुवात

साफ च्याम्पियनसिपमा बङ्गलादेशको विजयी सुरुवात

काठमाडौं ।  साफ महिला फुटबल प्रतियोगितामा बङ्गलादेशले विजयी सुरुवात गरेको छ । काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बुधबार भएको खेलमा बङ्गलादेशले माल्दिभ्सलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

बङ्गलादेशको लागि सबिना खातुनले २ र मसुरा पर्भिनले १ गोल गरे । खेलको ३२ औँ मिनेटमा सबिनाले गोल गर्दै बङ्गलादेशलाई अग्रता दिलाइन् । खेलको ३४ मिनेटमा मसुरा पर्भिनले बङ्गलादेशको लागि दोस्रो गोल गरिन् । सबिनाले खेलको ४० औँ मिनेटमा बङ्गलादेशको लागि तेस्रो गोल गरिन् ।

शुक्रबार हुने खेलमा भुटान र श्रीलंका बेलुकी साढे ५ बजे आमने सामने हुनेछन् । संस्करणमा साफका सबै देशले सहभागिता जनाएका छन् । प्रतियोगिता असोज ३ गतेसम्म चल्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved