साफ महिला च्याम्पियनसिप फुटबल

भुटानविरुद्ध पहिलो हाफसम्म नेपाल अगाडी : सावित्राको गोल

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा नेपालका लागि १२ औँ मिनेटमा सावित्रा भण्डारीले गोल गरिन् । यो सावित्राको ३ वर्षपछिको कम्ब्याक गोल हो ।

नेपालभ्युज

भुटानविरुद्ध पहिलो हाफसम्म नेपाल अगाडी : सावित्राको गोल

काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबलको उद्घाटन खेलमा नेपालले अहिले भुटानसँग प्रतिस्पर्धा गरिरहेको छ । खेलको पहिलो हाफ सकिदा नेपालले अग्रता लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा नेपालका लागि १२ औँ मिनेटमा सावित्रा भण्डारीले गोल गरिन् । यो सावित्राको ३ वर्षपछिको कम्ब्याक गोल हो । डेब्यु खेलाडी फरवार्ड अमिषा कार्कीको पासमा उनले गोल गरेकी थिइन् ।

पानी परेर भिजेको मैदानमा दुवैतिरका खेलाडीले संघर्ष गर्नुपरेको छ । राष्ट्रिय फुटबल टोलीका लागि मिडफिल्डर दिपा शाही र फरवार्ड अमिषाले आज डेब्यू गरेका छन् ।

नेपाल पहिलोपटक साफको उपाधी जित्ने योजनामा छ । यो संस्करणमा साफका सबै देशले सहभागिता जनाएका छन् ।  प्रतियोगिता असोज ३ गतेसम्म चल्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved