रवि लामिछानेको प्रष्टोक्ति- मैले नियम कानुन पछ्याइन, मानवता पछ्याएँ

नेपालभ्युज

रवि लामिछानेको प्रष्टोक्ति- मैले नियम कानुन पछ्याइन, मानवता पछ्याएँ

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले थुनामा रहेका व्यक्तिलाई भेटेर फोटो सामाजिक संजालमा पोष्ट गरेको विषयमा  प्रष्टीकरण दिएका छन् । सोमबार साँझ फेसबुकमा एक सन्देश पोष्ट गर्दै लामिछानेले आफूले नियम-कानूनभन्दा मानवता पछ्याएको बताएका छन्   ।

उनले आफ्नो कर्तव्य निर्वाह गरेकै कारण मन्त्रीको अहममा धक्का पुग्दा एक आममानिस पक्राउ परेको सहन नसकेको बताएका छन् । उनले लेखेका छन्, ‘त्यहाँका प्रहरीले पनि मेरो अनुभूति मात्रै देखे, कानून देखेनन् । उनीहरुले पनि सायद मानवता र आत्मियताभन्दा अतिरिक्त केही कुरा देखेनन्, र त सहजै भेट्न दिए ।’

आफूलाई भेट्न दिएकोमा प्रहरीहरु दोषी नभएको  जिकिर गरेका उनले लेखेका छन्, ‘ दोष आफ्नो अहममा धक्का पुग्दा जोकसैलाई पक्राउ गराउने र राजनीतिक घाटा हुन थालेमा एक आदेशले छुट दिनेहरुको हो । कानुन कसैको आवेग र न्याय कसैको निगाहमा पाइने कुरा बन्नु हुँदैन ।’

यस्तो छ रविको फेसबुक सन्देश

म बुझ्छु, नखाएको विष लाग्दा कस्तो हुन्छ । मलाई थाहा छ, निर्दोष हुँदाहुँदै कैदी बन्नु पर्दा कस्तो हुन्छ ।

हो, मैले नियम कानुन पछ्याइनँ । मानवता पछ्याएँ । आफ्नो कर्तव्य निर्वाह गरेकै कारण मन्त्रीको अहममा धक्का पुग्दा एकजना आममानिस पक्राउ परेको सहन सकिनँ । गएँ । पक्राउ गरिएकालाई भेटेँ । मेरो भ्रम हुन सक्ला, तर मैले ति निर्दोषलाई भेटेको कुरा मान्छेहरुलाई थाहा दिन सकेँ, ति कर्तव्यपरायणका पक्षमा माहौल श्रृजना हुन सक्छ भन्ने सोचेँ । फोटो राखेँ ।

त्यहाँका प्रहरीले पनि सायद मेरो अनुभूतिमात्रै देखे, कानुन देखेनन् । उनीहरुले पनि सायद मानवता र आत्मियता भन्दा अतिरिक्त केही कुरा देखेनन् र त सहजै भेट्न दिए । त्यसैले ति प्रहरीहरु त दोषी हुँदै होइनन् ।

दोष आफ्नो अहममा धक्का पुग्दा जोकसैलाई पक्राउ गराउने र राजनीतिक घाटा हुन थालेमा एक आदेशले छुट दिनेहरुको हो । कानुन कसैको आवेग र न्याय कसैको निगाहमा पाइने कुरा बन्नु हुँदैन ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved