मन्त्रीले थुनाएका सुरक्षा गार्ड गुरुङ मुक्त

नेपालभ्युज

मन्त्रीले थुनाएका सुरक्षा गार्ड गुरुङ मुक्त

काठमाडौं।   शुक्रबार पक्राउ परेका गरुड सेक्युरिटिजका सुरक्षा गार्ड शेरजंग गुरुङ रिहा भएका छन् ।

भिसा सेन्टरमा बायोमेट्रिक दिन पुगेका संस्कृति पर्यटन तथा नागरिक उड्डययनमन्त्री जीवनराम श्रेष्ठले लाइन मिच्न खोजेपछि रोकेको आरोपमा गुरुङलाई पक्राउ गरिएको थियो ।

मन्त्री श्रेष्ठले सत्ता र शक्तिको आडमा गुरुङलाई पक्राउ गर्न लगाएको भन्दै त्यसको चौतर्फी विरोध भएको थियो । चाैतर्फी दबाब बढिरहेका बेला सोमबार दिउँसो गृहमन्त्री बालकृष्ण खाँणले गुरुङलाई प्रक्रिया पूरा गरेर रिहा गर्न काठमाडौंका प्रजिअ गोविन्दप्रसाद रिजाललाई निर्देशन दिएका थिए ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी रिजालले गुरुङलाई आवश्यक प्रक्रिया पूरा गरी रिहा गरिएको जानकारी दिए । गुरुङलाई साधारण तारेखमा रिहा गरिएको हो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved