प्रिमियर लिग : चेल्सी र टोटनहम विजयी, म्यानचेस्टर सिटी एस्टन भिल्लासँग बराबरीमा रोकियो

नेपालभ्युज

प्रिमियर लिग : चेल्सी र टोटनहम विजयी, म्यानचेस्टर सिटी एस्टन भिल्लासँग बराबरीमा रोकियो

काठमाडौं। इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र टोटनहम विजयी भएका छन् । म्यानचेस्टर सिटी भने बराबरीमा रोकिएको छ । शनिबार रातीका खेलमा चेल्सीले वेस्ट ह्यामलाई हराएको छ । घरेलु मैदानमा १–० गोलले पछि परेको अवस्थालाई उल्टाउँदै चेल्सीले वेस्ट ह्यामलाई २–१ गोलले हराएको हो ।

वेस्ट ह्यामले खेलको ६२औँ मिनेटमा मिकेल एन्टोनियोको गोलबाट अग्रता लिएको थियो । तर अग्रता जोगाउन सकेन । चेल्सीका बेन चिल्वेलले खेलको ७६औँ मिनेटमा बराबरी गोल फर्काए । खेलको ८८औँ मिनेटमा काइ हाभर्टजले गोल गर्दै घरेलु टोली चेल्सीलाई जिताए ।

जितसँगै चेल्सी अङ्क तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । चेल्सीको ६ खेलमा १० अङ्क छ ।

अर्को खेलमा टोटनह्यामले फुलह्यामलाई २–१ गोलले, बर्नमाउथले नटिङ्घम फरेस्टलाई ३–२ गोलले, ब्रेनफोर्डले लिड्स युनाइटेडलाई ५–२ गोलले र उल्भ्सले साउथह्याम्पटनलाई १–० गोलले हरायो । त्यस्तै न्युकासल र क्रिस्टल प्यालेसले गोलरहित बराबरी खेले ।

एस्टनभिल्ला र म्यानचेस्टर सिटीले १–१ गोलको बराबरी खेलेका छन् । शनिबारको पहिलो खेलमा लिभरपुल र एभर्टनले गोलरहित बराबरी खेलेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved