म गोरखा-२ बाटै चुनाव लड्छु : बाबुराम भट्टराई

नेपालभ्युज

म गोरखा-२ बाटै चुनाव लड्छु : बाबुराम भट्टराई
फाइल तस्वीर

गोरखा । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी निर्वाचनमा गोरखा क्षेत्र नम्वर २ बाटै उम्मेद्वारी दिने बताएका छन् ।

शनिबार गुह जिल्लामा सञ्चारकर्मीसँग अध्यक्ष भट्टराईले आफू प्रत्यक्ष चुनाव लड्ने बताए । यसअघि माओवादीका केही नेताले भट्टराईले प्रत्यक्ष चुनाव नलडि समानुपातिकमा जान सक्ने बताएका थिए ।

तर भट्टराईले गोरखा २ बाटै चुनाव लड्ने बताएका हुन् । उनले भने, ‘अहिलेसम्म गठवन्धनका दलहरुबीच जसले जहाँबाट जितेको छ त्यहीबाट चुनाव लड्ने भन्ने सहमति पनि छ, त्यसैले गोरखा क्षेत्र नम्वर २ स्वतः मेरो भागमा पर्छ ।’
भट्टराईले गोरखाको एउटा प्रदेशसभा सदस्यमा पनि आफ्नो दलले दाबी गर्ने बताए ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved