सातामा २८ सय रुपैयाँले घट्यो सुनको मूल्य

नेपालभ्युज

सातामा २८ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । साता दिनमा सुनको मूल्य तोलामै २ हजार ८ सय रुपैयाँले घटेको छ । अघिल्लो साताको  शुक्रबारदेखि आज  शुक्रबारसम्मको अवधिमा सुनको मूल्यमा उच्च गिरावट आएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज शुक्रबार पनि सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेको छ । आज छापावाल सुनको मूल्य ९३ हजार, तेजावी सुनको मूल्य ९२ हजार ५ सय र चाँदीको मूल्य प्रतितोला एक हजार १०५ रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । आठ दिनको अवधिमा चाँदीको मूल्य तोलानमा ७० रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघले  अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको गिरावटकै कारण नेपाली बजार पनि प्रभावित भएकोजनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved