नागरिकतामा एमाले बाधक भयो भनेर भ्रम फैलाइन खोजियो- अध्यक्ष ओली

विगतमा ६० वर्ष उमेर पुगेकालाई एमालेले गोली हान्छ भनेर भ्रम छरेजस्तै अहिले पनि नागरिकता दिने कुरामा एमाले बाधक बनेको भन्दै भ्रम फैलाउने कोसिस भएको उनको भनाइ थियो।

नेपालभ्युज

नागरिकतामा एमाले बाधक भयो भनेर भ्रम फैलाइन खोजियो- अध्यक्ष ओली

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता दिने कुरामा आफ्नो पार्टी बाधक भयो भनेर सत्तारूढ गठबन्धनले भ्रम फिँजाउने कोसिस गरिरहेको आरोप लगाएका छन्। विगतमा ६० वर्ष उमेर पुगेकालाई एमालेले गोली हान्छ भनेर भ्रम छरेजस्तै अहिले पनि नागरिकता दिने कुरामा एमाले बाधक बनेको भन्दै भ्रम फैलाउने कोसिस भएको उनको भनाइ थियो।

आज  केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठकमा बोल्दै ओलीले ‘जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिने काम किन अल्झाएर राखेको?’ भन्दै सरकारलाई प्रश्नसमेत गरे।

एमाले नागरिकको हरेक समस्या समाधान गर्दै आएको र गर्ने पार्टी भएको उल्लेख गर्दै अध्यक्ष ओलीले नागरिकताको समस्या स्थायी रूपमा समाधान गर्न आफ्नो पार्टीले चाहेको बताए।

अध्यक्ष ओलीले आफ्नो पार्टीले आउँदो प्रदेश सभा र प्रतिनिधि सभा चुनाव जित्नै पर्ने दोहोर्‍याए। देशको हितको रक्षा र सम्मानका लागि, राष्ट्रियताको रक्षा र संवर्द्धनका लागि, देशको स्वाधीनताको सही ढङ्गले प्रयोग गर्नका लागि एमालेले आउँदो चुनावमा बहुमत ल्याएर सरकार बनाउनुपर्ने उनको तर्क थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved