बीबीएल क्रिकेटमा बिकेनन् सन्दीप लामिछाने

चार चरणमा भएको ड्राफ्ट मार्फत २४ विदेशी खेलाडी विभिन्न टिममा आबद्ध हुँदा सन्दीपलाई भने कुनै पनि टिमले किनेनन् । 

नेपालभ्युज

बीबीएल क्रिकेटमा बिकेनन् सन्दीप लामिछाने

काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) को ड्राफ्टमा बिक्न असफल भएका छन् । आइतबार भएको ड्राफ्टमा सन्दीप अनसोल्ड भएका हुन् ।

चार चरणमा भएको ड्राफ्ट मार्फत २४ विदेशी खेलाडी विभिन्न टिममा आबद्ध हुँदा सन्दीपलाई भने कुनै पनि टिमले किनेनन् ।

बीबीएलको ड्राफ्टमा नेपालका कप्तान सन्दीपसँगै सुवास खकुरेल पनि थिए । पहिलो पटक ड्राफ्टमा परेका सुवासलाई पनि कुनै टिमले किनेनन् । सन्दीपले पछिल्ला चार संस्करणको बीबीएल खेलेका थिए ।

उनले ४३ खेलमा ४८ विकेट लिएका थिए । दुई संस्करण मेलवर्न स्टार्समा बिताएका उनले दुई संस्करण होबार्ट हरिकेन्सबाट खेलेका थिए । बीबीएलको आगामी सिजन डिसेम्बरबाट फेब्रुअरीसम्म आयोजना हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved