कपिल शर्मा शोबाट अलग्गिए कृष्णा

नेपालभ्युज

कपिल शर्मा शोबाट अलग्गिए कृष्णा

काठमाडौं । कपिल शर्मा शोको नयाँ सिजन आउँदै छ ।  तर, अब यस शोमा सपनाको भूमिकामा देखिने गरेका कृष्णा अभिषेकले शो छोडेका छन् ।

उनले सम्झौताको कारणले शो छाडेको एक अन्तर्वार्तामा बताए । कपिलसँग लामो समय काम गरेका अन्य कलाकारले पनि विभिन्न कारणले  शो छाडिदिएका थिए ।

उपासना सिंह, अली असगर, सुनील ग्रोवर र सुगन्धा मिश्रा जस्ता हाँस्य कलाकारहरू लामो समयदेखि शोको हिस्सा बनेका थिए तर कारणवश उनीहरूले बीचमा शो छाडिदिएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved