माइक्रोबस दुर्घटना : १ जनाको मृत्यु, १३ घाइते

नेपालभ्युज

माइक्रोबस दुर्घटना : १ जनाको मृत्यु, १३ घाइते

काठमाडौं । सप्तरीमा गुडिरहेको माइक्रोबस  दुर्घटना हुँदा एक जनाको मृत्यु  र  १३ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार पूर्व पश्चिम राजमार्ग अन्तर्गत अग्निसाइर कृष्णासवरण गाउँपालिका–६ मा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ५ ख २३१० नम्बरको माइक्रोबसको पछाडिको टायर पड्किएर दुर्घटना भएको हो ।

सो दुर्घटनामा कन्काई नगरपालिका ८ बस्ने ५२ बर्षीयाअमृता ओलीको  मृत्यु भएको बताइएको छ । गम्भीर घाइते उनलाई अस्पताल पुर्‍याउना साथ चिकित्सकले मृत घोषणा गरेका थिए  ।

बस चालक  बिर्तामोड नगरपालिका-४ का ४३ बर्षीय दुर्गाबहादुर मगरसहित १३ जना घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved