राजनीतिसँगै माछापालन व्यवसाय

राजनीतिसँगै माछापालन व्यवसाय

विराटनगर। राजनीतिक क्षेत्रमा आफूलाई अब्बल साबित गर्ने मोरङका एक राजनीतिककर्मी कृषि पेसालाई पनि अगाडि बढाएका छन् । विराटनगर महानगरपालिका कञ्चनबारी निवासी प्रदेश नं १ प्रदेश सभा सदस्य चुमनारायण तवदारले राजनीतिसँगै कृषि पेसालाई अँगाल्नुको कारण राजनीतिक क्षेत्रलाई अझ बलियो बनाउने उनको धारणा छ ।

इमानको राजनीतिक गर्दा हुने खर्च जुटाउन कृषि पेसा अपनाएको र यसैका माध्यमबाट आफ्ना निर्वाचन क्षेत्रमा विकास र जनताको सेवालाई अझ प्रभावकारी ढङ्गले लैजाने उनले स्पष्ट पारे । उनी मोरङ निर्वाचन क्षेत्र नं ६ (क) का प्रदेश सभाका निर्वाचित सदस्य हुन् ।

राजनीतिक पृष्ठभूमि बोकेका प्रदेशसभा सदस्य तवदार विगत लामो समयदेखि मोरङ केन्द्रित राजनीतिक गरिरहेका छन् । पछिल्लो समयमा विराटनगर महानगरपालिकादेखि १८ किमी उत्तर बुढीगङ्गा गाउँपालिका–६ कोइलपुरमा उनले विराट कर्मसियल एग्रिकल्चर एन्ड इन्भारोमेन्ट कम्पनी प्रालि तवदार फार्म सञ्चालनमा ल्याई माछाका भुरा उत्पादन कार्य सुरु गरेका छन् ।

व्यावसायिक रूपमा माछाका भुरा उत्पादन गर्न थालेपछि उनले पहिलोपटक रु पाँच लाखका र दोस्रो पटक रु २५ लाखका माछाका भुरा बिक्री गर्न सफल भए । अहिले माछाका भुरा उत्पादन गर्न थालेपछि यस व्यवसायमा लाग्ने किसानलाई राहत भएको छ । ठुलो मात्रामा भुरा उत्पादन गर्न उनले १० बिघा १० कट्टा जग्गामा २३ वटा पोखरी बनाएका छन् । उनले यो व्यवसाय अङ्गालेको आठ वर्ष भयो ।

एक पटकमा १० लाख भुरा उत्पादन गर्ने संरचना निर्माण गरेका तवदारले प्रत्येक भुरा रु दुईका दरले बिक्री गरेका छन् । सोह्र घण्टादेखि २४ घण्टामा माछाका भुरा निस्कने र छ दिनपछि बिक्री योग्य बन्ने रेहु, भाकुर, ग्रास कार्प, कमल कार्प, नैनी जस्ता जातका माछा उत्पादन हुने गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved