कांग्रेस नेता गिरिको आज अन्त्येष्टी गरिने, श्रद्धाञ्जलीका लागि मेडिसिटी र सानेपामा शव राखिने

गएराती निधन भएका नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभाका सांसद प्रदीप गिरिको आज आइतबार अन्त्येष्टी गरिने भएको छ । गिरिको आजै अन्त्येष्टी गरिने नेपाली कांग्रेसले जनाएको छ ।

नेपालभ्युज

कांग्रेस नेता गिरिको आज अन्त्येष्टी गरिने, श्रद्धाञ्जलीका लागि मेडिसिटी र सानेपामा शव राखिने

काठमाडौं । गएराती निधन भएका नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभाका सांसद प्रदीप गिरिको आज आइतबार अन्त्येष्टी गरिने भएको छ । गिरिको आजै अन्त्येष्टी गरिने नेपाली कांग्रेसले जनाएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक मीनबहादुर विश्वकर्माले आजै गिरिको पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने जानकारी दिएका छन् ।अन्त्येष्टि अघि अन्तिम श्रद्धाञ्जलीका लागि स्वर्गिय गिरिको पार्थिव शरीर आज विहान ९ बजे देखि ११ बजेसम्म मेडिसिटी अस्पताल, ललितपुरको शिवालयमा राखिने छ । त्यसपछि साढे ११ बजे देखि २ बजेसम्म कांग्रेस केन्द्रीय कार्यालय बिपी स्मृति भवन सानेपामा राखिने छ ।

गिरिको शनिबार राती ९:३० बजे अस्पतालमा निधन भएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved