कांग्रेस नेता गिरिको स्वास्थ्य अवस्था ‘स्थिर’

नेपालभ्युज

कांग्रेस नेता गिरिको स्वास्थ्य अवस्था ‘स्थिर’

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको स्वास्थ्य अवस्था स्थिर रहेको बताएको छ । कांग्रेस संसदीय दलका सचेतक मीनबहादुर विश्वकर्माले शनिबार एक विज्ञप्ति जारी गरी ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार गराइरहेका कांग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य गिरिको स्वास्थ्य अवस्था स्थिर रहेको बताएका हुन् ।

‘कांग्रेस नेता गिरिको स्वास्थ्य अवस्था स्थिर रहेको उपचार खटिएका चिकित्सक र परिवारबाट जानकारी प्राप्त भएको छ’, संसदीय दलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । कांग्रेस संसदीय दलले नेता गिरिको स्वास्थ्य लाभको प्रार्थनासमेत गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved