सुडानमा भीषण वर्षा, बाढीका कारण ७५ जनाको मृत्यु

नेपालभ्युज

सुडानमा भीषण वर्षा, बाढीका कारण ७५ जनाको मृत्यु

एजेन्सी। सुडानमा केही दिनयतादेखि भीषण वर्षा जारी रहेको बताइएको छ । सो वर्षाको कारण यहाँ मङ्गलबार रातिसम्ममा कम्तीमा पनि ७५ जनाको ज्यान गएको छ ।

केही दिनदेखि जारी रहेको वर्षा र त्यसपछि आएको बाढीमा परेर यहाँका १२ हजार पाँच सय ५१ घर ध्वस्त भएका छन् भने २० हजारभन्दा बढी घरमा बस्न नहुनेगरी क्षति पुगेको बताइएको छ ।

यहाँको नेसनल काउन्सिल फर सिभिल डिफेन्सले दिएको जानकारीअनुसार वर्षा जारी रहेकाले बाढीको खतरा अझै टरेको छैन । उक्त काउन्सिलले प्रकाशन गरेको विज्ञप्तिमा यस बाढीबाट कम्तीमा ३० व्यक्ति घाइते भएका छन् भने केही हराइरहेका छन् ।

यहाँको उत्तरी कोरदोफान राज्यमा बाढीको बढी असर देखिएको समाचारहरूमा जनाइएको छ । यसअघि आएका केही समाचारहरूमा सो राज्यमा सबैभन्दा धेरै व्यक्तिको निधन भएको छ ।

उत्तरी र मध्य सुडानमा वर्षाले क्षति पुर्‍याएको छ । यहाँको सयौँ हेक्टर क्षेत्रफल कृषियोग्य जमिनमा क्षति पुगेको छ । सरकारले यहाँका प्रहरी, सेना तथा अन्य उद्धारकर्मीहरू परिचालन गरेको छ । वर्षा गत हप्तादेखि नै जारी रहेकाले थप सतर्कता अपनाउन भनिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved