सरकारको ऋण २० खर्ब रुपैयाँ भन्दा धेरै, गएको वर्ष थपियो झण्डै ३ खर्ब

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार अघिल्लो आर्थिक वर्षमा १७ खर्ब ३४ अर्ब रहेको ऋण गएको आर्थिक वर्ष २०७८/०७९ मा झन्डै तीन खर्बले बढेर २० खर्ब ११ अर्ब पाँच करोड रुपैयाँ पुगेको छ ।

नेपालभ्युज

सरकारको ऋण २० खर्ब रुपैयाँ भन्दा धेरै, गएको वर्ष थपियो झण्डै ३ खर्ब
सांकेतिक तश्वीर

काठमाडौं।  नेपाल सरकारको सार्वजनिक ऋण २० खर्ब ११ अर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार अघिल्लो आर्थिक वर्षमा १७ खर्ब ३४ अर्ब रहेको ऋण गएको आर्थिक वर्ष २०७८/०७९ मा झन्डै तीन खर्बले बढेर २० खर्ब ११ अर्ब पाँच करोड रुपैयाँ पुगेको छ ।

यसमध्ये वैदेशिक ऋण १० खर्ब २७ अर्ब ३० करोड रुपैयाँ र आन्तरिकतर्फको ऋण ९ खर्ब ८४ अर्ब २८ करोड रुपैयाँ रहेको छ । नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को तुलनामा नेपालको ऋण ४१ दशमलव ५ प्रतिशत पुगेको छ । सरकारको ऋण २० खर्ब ११ खर्ब ५८ करोड रुपैयाँलाई नेपालको जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार चार सय ८० ले भाग गर्दा हरेक नेपालीको भागमा ६८ हजार नौ सय सात रुपैयाँ ऋण पर्न आउँछ ।

गएको आर्थिक वर्षमा मात्रै सरकारले दुई खर्ब ३१ अर्ब आन्तरिक ऋण र एक खर्ब २२ अर्ब रुपैयाँ वैदेशिक ऋण लिएको छ । गएको वर्ष नेपालले ४७ अर्ब ३३ करोड रुपैयाँ साँवा भुक्तानी गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved