फिल्म समिक्षा

लाल सिंह चड्डा : हलिउड फिल्मको सफल हिन्दीकरण

कतिपयले आरोप पनि लगाउनसक्छन्, धार्मिक अतिवादीहरुले ह्यासट्यागको हतियार प्रयोग गर्दै व्यक्तिगत आक्रमण गरिरहेको समयमा अमिर केही सुरक्षित बन्न खोजेका छन् । अमिरका राम्रा फिल्मले धेरै मुद्दामा अडान लिएको विगत बिर्सन मिल्दैन ।

लाल सिंह चड्डा : हलिउड फिल्मको सफल हिन्दीकरण

काठमाडौं । हलिउड अभिनेता ‘टम ह्यांक्स्’ ले ९० को दशकमै निभाएको भूमिकालाई अमिर खानले ५७ वर्षको उमेरमा निभाइरहेका छन् । अमिरको लोकप्रियतालाई टमको अभिनयसँग तुलना गरेर फिल्म बनाउनु नै निर्देशक निर्देशक अद्वैत चन्दनका लागि चुनौतिपूर्ण थियो, जो उनले ‘लाल सिंह चड्डा’ मा गरेका छन् । अद्वैत तीनै निर्देशक हुन्, जसले अमिर खानलाई लिएर कम बजेटमै निकै सफल फिल्म ‘सेक्रेट सुपरस्टार’ बनाएका थिए ।

१९९४ मा ‘फरेस्ट गम्प’ रिलिज हुँदा ‘टम ह्यांक्स्’ ४८ वर्षका थिए, उनले कलेज पढ्ने युवादेखि अधवैशेंसम्मको रोल यसमा निभाएका थिए । लाल सिंह चड्डा रिलिज हुँदा अमिर ५७ भइसकेका छन् । तर, अमिरका लागि कुनै पनि रोल निभाउन कठिन हुँदैन, यो त विगतका फिल्मले नै प्रमाणित गरिसकेका छन् ।

पटकथाकार अतुल कुलकर्नीले चकलेट बक्सको साटो फिल्ममा पानीपुरी मिसाएका थिए । निर्देशक अद्वैतले गम्पलाई चड्डा बनाएर पूर्वीय संस्कृतिमा भिजाउँदै मिठोसँग पानीपूरी चखाएका छन् । कतिपयलाई यो फिल्म लाल सिंहकी आमाले भनेजस्तै, ‘पेट भरिएपनि मन नभरिने’ लाग्ला । तर, कतिपयलाई खल्लो पनि लाग्नसक्छ ।

विशेषगरी ती व्यक्तिहरुलाई जसले फरेस्ट गम्प हेरिसकेका छन् । आइकोनिक पखेंटा, दुखको चित्रण, कथा सुनाउने शैली उही छ । तर, दृश्य र कलाकारमात्रै नभएर यस फिल्ममा कतिपय विषयलाई पनि हिन्दीकरण गरिएको छ । केही कमीकमजोरीका बाबजुद ‘हिन्दी फरेस्ट गम्प’ बन्ने यो फिल्मको जोखिम र साहस धेरै हदसम्म सफल भएको देखिन्छ ।

फिल्ममा लाल सिंंहले ट्रेनमा सवार अन्य व्यक्तिहरुलाई आफ्नो कथा सुनाउँदै जान्छन् । उनी बाल्यकालमा अन्य बच्चाभन्दा केही अस्वभाविक देखिन्छन् र बंगाको स्पाइन ठिक गर्नका लागि उनको खुट्टामा काठ लगाइएको हुन्छ । यी बच्चा अस्वभाविक भएकैले सुरुमा मास्टरले भर्ना लिन मान्दैनन् । तर, अन्त्यमा आमाको जोडबलमा उनलाई भर्ना लिन्छ । यसका बाबजुद स्कुलमा अन्य बच्चाहरुले उनलाई बस्नका लागि सिट छाड्दैनन् । अन्तिम सिटमा रहेकी रुपाले उनलाई सिट दिन्छिन् र उनीहरु मिल्ने साथी बन्छन् ।

राम्ररी हिंड्न नसक्ने लाल सिंहले सेना भर्ती पाउँछन् र युद्ध पनि लड्छन् । यस युद्धमा उनले आफ्ना सैनिकमात्रै नभएर दुश्मनलाई पनि बचाउँछन् । जसबापत उनले मेडल पाउँछन् । यता, धनी बन्ने रहरले रुपालाई मोडलिङ र सिनेमा क्षेत्रमा संघर्ष गर्न बाध्य पार्छ । यसक्रममा उनी ग्याङस्टारको प्रेमिका बन्न बाध्य हुन्छिन्, दुव्यर्सनीमा फस्छिन् र विक्षिप्त भएर आत्महत्या गर्ने सोच समेत बनाउँछिन् । यसरी लालले आफ्नो जीवनमा आउने पात्र र उनीहरुका संघर्षबारे शृंखलावद्ध रुपमा सुनाउँदै जान्छन् ।

गम्पलाई चन्द्रीगढमा ल्याएर निर्देशकले अझै मायालु बनाइदिएका छन् । फिल्मले भारतीय सेनाको कथा पनि अपेक्षाभन्दा धेरै नै देखाएको छ । यसबाहेक ‘मलेरिया’ नाममा भारतीय धार्मिक राजनीतिलाई पनि फिल्ममा देखाइएको छ । फरेस्ट गम्पको दाँजोमा केही बढी नै राजनीतिक घुसाइएको छ । तर,अमिर खान अभिनित पिकेमा जसरी यसमा धर्ममाथि सिधा प्रहार गरिएको छैन ।

एक–दुईवटा साना दृश्यमार्फत बाबरी मस्जिद तोडफोड, अन्ना हजारेको आन्दोलन र मोदीको उदयसम्मलाई निर्देशकले पर्दामा उतारेका छन् । तर कथा यता अल्झिएको छैन । कतिपयले आरोप पनि लगाउनसक्छन्, धार्मिक अतिवादीहरुले ह्यासट्यागको हतियार प्रयोग गर्दै व्यक्तिगत आक्रमण गरिरहेको समयमा अमिर केही सुरक्षित बन्न खोजेका छन् । अमिरका राम्रा फिल्मले धेरै मुद्दामा अडान लिएको विगत बिर्सन मिल्दैन, तर यस फिल्ममा उनी थोरै डराएर दौडिएका छन् ।

 

 

यो पनि हेर्नुहोस :

https://www.nepalviews.com/2022/08/13/85506/


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved