आयरल्याण्डले अफगानिस्तानलाई ७ विकेटले हरायो

नेपालभ्युज

आयरल्याण्डले अफगानिस्तानलाई ७ विकेटले हरायो

काठमाडौं। अफगानिस्तानसँगको पहिलो टी-२० क्रिकेटमा आयरल्याण्ड ७ विकेटले विजयी भएको छ ।

बेलफस्टमा मंगलबार राती भएको खेलमा अफगानिस्तानले दिएको १ सय ६९ रनको लक्ष्य आयरल्याण्डले एक बल बाँकी छँदै ३ विकेट गुमाएर भेटायो ।आयरल्याण्डका लागि एन्डी बेलब्रनले ५१ र लर्कन ट्रकरले ५० रन बनाए । पाउल स्ट्रलिङ्ले ३१ रन जोडे ।

बलिङ्तर्फ अफगानिस्तानका मुजिव उर रहमान, नवीन उल हक र मोहम्मद नावीले १/१ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ् गरेको अफगानिस्तानका लागि उसमान घानीले सर्वाधिक ५९ रन बनाए । बलिङ्तर्फ आयरल्याण्डका बेरी म्याक क्यार्थीले ३, जर्ज डक्रेलले २ तथा गारेथ डेलनी र जस लिटिलले १/१ विकेट लिए ।

५ खेलको टी-२० शृङ्खला खेल्न अफगानिस्तान आयरल्याण्डको भ्रमणमा रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved