अम्पायर रुडी कर्टजनको सवारी दुर्घटनामा मृत्यु

नेपालभ्युज

अम्पायर रुडी कर्टजनको सवारी दुर्घटनामा मृत्यु

काठमाडौं । दक्षिण अफ्रिकाका महान् अम्पायर रुडी कर्टजनको सवारी दुर्घटनामा मृत्यु भएको छ ।  ७३ वर्षीय रुडी गल्फ खेलेर केप टाउनबाट आफ्नो घर नेल्सन मण्डेला बे फर्किरहेका बेला दुर्घटनामा परेका हुन्  । उनको  घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

रुडीले पहिलो पटक सन् १९९२ मा अन्तर्राष्ट्रिय क्रिकेटमा अम्पायर बन्ने माैका पाएका थिए ।  उनले सन् २०११ सम्म आइपिएलमा अम्पायरिङ गरेका थिए ।

स्टिभ बकनरपछि १०० टेस्ट खेलमा अम्पायरिङ गरेका उनी अन्तिम पटक सन् २०१० मा लर्ड्स टेस्टमा मैदानमा थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved