सत्ता गठबन्धनको बैठक जारी, चुनावी तालमेलबारे छलफल

पाँच दलीय सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ। आगामी प्रतिनिधि तथा प्रदेश सभा चुनावका लागि गठबन्धनबीच तालमेल गरेरै जानेबारे बैठकमा छलफल चलिरहेको छ। बैठकमा पाँचै दलका शीर्ष नेतासहित वरिष्ठ नेताहरू सहभागी छन्।

नेपालभ्युज

सत्ता गठबन्धनको बैठक जारी, चुनावी तालमेलबारे छलफल

काठमाडौँ। पाँच दलीय सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ। आगामी प्रतिनिधि तथा प्रदेशसभा चुनावका लागि गठबन्धनबीच तालमेल गरेरै जानेबारे बैठकमा छलफल चलिरहेको छ। बैठकमा पाँचै दलका शीर्ष नेतासहित वरिष्ठ नेताहरू सहभागी छन्।

बिहीबार मन्त्रिपरिषद्को बैठकले आगामी मंसिर ४ गतेका लागि संसदीय चुनावको मिति तय गरेको थियो।

गठबन्धनले तालमेल गरेरै चुनावमा जाने र यसका लागि सिट बाँडफाँडबारे निर्णय गर्ने जनाइएको छ। आजको बैठकले गठबन्धनमा सामेल दलहरुबीच प्रतिनिधि सभा र प्रदेश सभामा सीट बाँडफाँडका लागि तालमेलको मोडिलाटी तय गर्ने गरी छलफल थालेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved