प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको कार्यकाल मंसिर २१ गते सकिन्छ : प्रमुख आयुक्त थपलिया

नेपालभ्युज

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको कार्यकाल मंसिर २१ गते सकिन्छ : प्रमुख आयुक्त थपलिया

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरुको पदावधि मंसिर २१ गते सकिने बताएका छन् ।

बिहीबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख आयुक्त थपलियाले आयोगले सरकारलाई दिएको लिखित परामर्शमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पदावधि मंसिर २१ मा सकिने उल्लेख गरेको जानकारी दिए ।

थपलियाले भने, ‘आयोगले आफनो सिफारिस पेश गर्दा संविधानमा भएको व्यवस्था र निर्वाचन कानुनमा निर्वाचित मितिबाट पदावधि प्रारम्भ हुन्छ भन्ने व्यवस्था भएकाले त्यसैलाई टेकेर आउँदो मंसिरको २१ गते पदावधि सकिन्छ भनेर हामीले लिखित रपमा पेश गरेका थियौं । ’

‘आयोगले ५ पेजको डकुमेन्ट परामर्शको रुपमा पेश गरेको छ आयोग के ठान्दछ भने नेपाल सरकारले त्यो दस्तावेजलाई स्वीकार गरेको छ ।’ उनले भने

उनले निर्वाचनमा सबै उम्मेदवारलाई समान अवसर  हुनुपर्ने आफूहरुको मान्यता रहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved