कस्ले पाउला सन् २०३० विश्वकप आयोजनाकाे अवसर ?

युरोपेली दुई देशको पनि दाबी

अर्जेन्टिना, चिली, उरुग्वे र पाराग्वेले सन् २०३० को विश्वकप आयोजना गर्न संयुक्त दाबी पेस गरेका हुन्।

नेपालभ्युज

कस्ले पाउला सन् २०३०  विश्वकप आयोजनाकाे अवसर ?

काठमाडौं। सन् २०३० को फिफा विश्वकप आयोजना गर्न अर्जेन्टिनासहित चार ल्याटिन अमेरिकी देशले प्रस्ताव गरेका छन्।

अर्जेन्टिना, चिली, उरुग्वे र पाराग्वेले सन् २०३० को विश्वकप आयोजना गर्न संयुक्त दाबी पेस गरेका हुन्।

 

साउथ अमेरिकन फुटबल कन्फेडेरेशनका अध्यक्ष अलेजान्द्रो डोमिंगुएजले सन् २०३० मा विश्वकप आयोजना गर्ने पुरै अमेरिकी महाद्धपकै सपना हो भनेका छन्।

सन् १९३० मा भएको विश्वकपको पहिलो संस्करण आयोजना गरेको उरुग्वे शताब्दी उत्सवमा विश्वकप आफ्नै भूमीमा फर्काउने प्रयासमा छ।

 

विश्वकपको पहिलो फाइनलमा अर्जेन्टिनालाई पराजित गर्दै उरुग्वेले उपाधि उचालेको थियो ।

विश्वकप आयोजना दावी गर्ने अन्य मुलुकहरुमध्ये चिलीले सन् १९६२ मा र अर्जेन्टिनाले १९७८ मा विश्वकप आयोजना गरेका थिए ।

युरोपेली दुई देशको पनि दाबी

यसैबीच, विश्वकप २०३० को आयोजनाका लागि युरोपेली देशहरु स्पेन र पोर्चुगलले पनि संयुक्तरुपमा प्रस्ताव गरिसकेका छन् ।

युरोपेली मुलुक बेलायत र रिपब्लिक अफ आयरल्याण्डले फुटबल एशोसियशनले भने २०३० को विश्वकप आयोजनाका लागि दाबी पेश नर्गने सहमति गएको फेब्रुअरी महिनामै गरेका छन्।

उनीहरु २०२८ को युरोकप आयोजनाको जोडमा छन्।

 

सन् २०२६ को विश्वकप अमेरिका, मेक्सीको र क्यानाडामा 

यही नोभेम्बर र डिसेम्बरमा सन् २०२२ को विश्वकप कतारमा आयोजना हुँदैछ ।

त्यसको चार वर्षपछि सन् २०२६ को विश्वकप फुटबल भने अमेरिका, मेक्सीको र क्यानाडाले संयुक्तरुपले आयोजना गर्दैछन् ।
२०२४ मा २०३० को विश्वकप आयोजना गर्ने राष्ट्रको घोषणा गर्ने फिफाको तयारी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved