मंसिर ४ मा प्रतिनिधि र प्रदेशसभाको निर्वाचन गर्ने सत्ता गठबन्धनमा समझदारी

मन्त्रिपरिषद् बैठकले मिति घोषणा गर्ने

निर्वाचन आयोगले चुनावको मिति घोषणा गर्न सुझाव दिएको डेटलाइन मै चुनाव गर्न दलहरू सहमत भएका छन्। आगामी संसिरमा प्रतिनिधि र प्रदेशसभाको निर्वाचन गर्ने सत्तासाझेदार दलहरूको समझदारी बनेको हो।

नेपालभ्युज

मंसिर ४ मा प्रतिनिधि र प्रदेशसभाको निर्वाचन गर्ने सत्ता गठबन्धनमा समझदारी
फाइल तश्वीर

काठमाडौं। निर्वाचन आयोगले चुनावको मिति घोषणा गर्न सुझाव दिएको डेटलाइन मै चुनाव गर्न दलहरू सहमत भएका छन्। आगामी संसिरमा प्रतिनिधि र प्रदेशसभाको निर्वाचन गर्ने सत्तासाझेदार दलहरूको समझदारी बनेको हो। आज (बुधबार) बालुवाटारमा बसेको सत्तासाझेदार दलहरूको बैठकमा मंसिर ४ गते प्रतिनिधि र प्रदेश सभाको निर्वाचन गर्ने समझदारी बनेको हो।

यद्यपि मंसीर ४ आउन १ सय १० दिनभन्दा कम समय छ। निर्वाचन आयोगले भने १२० दिनको निर्वाचन अवधि कायम राखेर मिति घोषणा गर्नुपर्ने बताउँदै आएको छ।

सत्तासाझेदार दलहरूको बालुवाटारमा बसेको बैठकले अबको मन्त्रिपरिषद् बैठक मंसिर ४ गतेका लागि प्रतिनिधि र प्रदेश सभाको निर्वाचन तोक्ने विषयमा समझदारी गरिएको स्रोतले बताएको छ।

प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको मितिमा तय गर्ने विषयमा सबै दलहरूबीच समझदारी बनेको बैठकमा सहभागी एक नेताले बताए। ती नेताले अब बस्ने मन्त्रिपरिषद्को बैठकले निर्वाचनको मिति घोषणा गर्ने बताएका छन्।

आयोगलाई चुनावी तयारी गर्न कम्तीमा १ सय २० लाग्छ। निर्वाचन आयोगका पदाधिकारीले २२ असारमा प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रीहरूलाई भेटेर एकै चरणमा मङ्सिर ४ गते प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन गर्न परामर्श दिएको थियो। तर, प्रधानमन्त्री देउवाले केही दिन तलमाथि गर्नुपर्ने आवश्यक रहेको भन्दै अर्को मिति प्रस्ताव गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved