थप ८१४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

नेपालभ्युज

थप ८१४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

काठमाडौं। देशभर थप ८ सय १४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ५ हजार ४१५ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ५०९ तथा एन्टिजेन विधिबाट ३०५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा थप २९९ जना सङ्क्रमणमुक्त पनि भएका छन् । नेपालमा निको हुने दर ९८.३ प्रतिशत रहेको छ । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार १४४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप सङ्क्रमितको मृत्यु भएको छैन । नेपालमा हालसम्म कोभिड–१९ को सङ्क्रमणबाट ११ हजार ९६८ जनाको मृत्यु भइसकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved