भारतमा एकैदिन २० हजारमा कोरोना संक्रमण

नेपालभ्युज

भारतमा एकैदिन २० हजारमा कोरोना संक्रमण

काठमाडौं। भारतमा एकैदिन २० हजारभन्दा बढी नयाँ संक्रमित भएका छन्।

पछिल्लो २४ घण्टामा त्यहाँ २० हजार ४०८ जना नयाँ संक्रमित थपिएको संघीय सरकारी अधिकारीहरूले जानकारी दिएका छन।

भारतमा अहिलेसम्म चार करोड ४० लाख १३८ जना कोरोना भाइरसबाट सङ्क्रमित भएको स्वास्थ्य मन्त्रालयलाई उद्धतगर्दै भारतिय संचार माध्यमले जनाएका छन्।

ती मध्ये एक लाख ४३ हजार ३८४ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेको मन्त्रालयको तथ्याङ्कमा देखिएको छ।

 

पछिल्लो समय भारतमा दैनिक नयाँ सक्रमितहरुको संख्या बढ्दै गएको छ।

भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण ४४ जनाको मृत्यु भएको छ भने अहिलेसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या पाँच लाख २६ हजार ३१२ पुगेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved