एनआईसी एशिया बैंकद्वारा क्यास डिपोजिट सेवाको सुरूवात, अब नगद रकम सोझै मेसिनबाट जम्मा गर्न सकिने

एनआईसी एशिया बैंकले अब नगद रकम सोझै मेसिनबाट जम्मा गर्न सकिने क्यास डिपोजिट सेवाको शुभारम्भ गरेको छ। यस नवीन सेवा मार्फत अब ग्राहकहरूले सहज रुपमा यस बैंकमा रहेको आफ्नो वा अन्यको खातामा नगद रकम जम्मा गर्न सक्नेछन्।

नेपालभ्युज

एनआईसी एशिया बैंकद्वारा क्यास डिपोजिट सेवाको सुरूवात, अब नगद रकम सोझै मेसिनबाट जम्मा गर्न सकिने

काठमाडौं। एनआईसी एशिया बैंकले अब नगद रकम सोझै मेसिनबाट जम्मा गर्न सकिने क्यास डिपोजिट सेवाको शुभारम्भ गरेको छ। यस नवीन सेवा मार्फत अब ग्राहकहरूले सहज रुपमा यस बैंकमा रहेको आफ्नो वा अन्यको खातामा नगद रकम जम्मा गर्न सक्नेछन्।

यस सेवा अन्तर्गत बैंकमा गई कुनै भौतिक फारम बिना ग्राहकहरूले केबल खाता नम्बरको आधारमा मेसिनबाट सोझै रकम जम्मा गर्न सक्ने व्यवस्था रहेको छ। यस मेसिनबाट एक हजार रूपैयाँ र ५०० रूपैयाँका दरका नोटहरू मात्र जम्मा गर्न मिल्ने व्यवस्था रहेकोमा एक जना ग्राहकको खातामा एक पटकमा अधिकतम ९९ हजार ५०० गरी दैनिक अधिकतम ९ लाख ९९ हजार ५०० रूपैयाँसम्म नगद जम्मा गर्न सकिने व्यवस्था रहेको छ।

बैंकको यस नयाँ सेवाबाट नगद जम्मा गर्नकालागि सेवाग्राहीले उक्त मेसिनमा रकम जम्मा गर्न इच्छाएको खाता नम्बर उल्लेख गरेपछि मोबाइल नम्बरमा ओटिपी प्राप्त गर्नेछन् र उक्त ओटिपी मेसिनमा उल्लेख गरेर भेरिफाइ भएपछि रकम जम्मा गर्ने प्रक्रिया प्रारम्भ हुनेछ।
उक्त मेसिनमा आफूले जम्मा गर्न चाहेको नगद रकम राखेपछि मेसिनले सो रकम गनेर खातामा तत्काल सहज रुपमा जम्मा गरिदिने र त्यसको जानकारी समेत एसएमएस तथा रिसिप्ट मार्फत उपलब्ध हुने व्यवस्था बैंकले गरेको छ।

बैंकले यो सेवा हालको लागि आफ्नो न्यूरोड बिशालबजार शाखामा सञ्चालन गरेको र यस सेवालाई निकट भविष्यमा देशका अन्य शाखाहरूमा समेत विस्तार गर्ने योेजना बनाइरहेको हुँदा नगद जम्मा गर्नकै लागि भौतिक फारम भरी बैंकको नगद काउन्टरमा लाइन लागेर जम्मा गर्नुपर्ने अवस्थाबाट ग्राहक महानुभावहरूलाई मुक्ति मिल्ने बैंकले विश्वास लिएको छ । साथै, यस बैंकले दैनिक रुपमा रकम झिक्न र बचत गर्न सकिने क्यास रिसाइकलर मेसिनबाट समेत सेवा सुचारु गरिसकेको छ।

बैंकको मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्ग सेवा रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved