बैंकहरूले राष्ट्र बैंकबाट लिने ऋणको ब्याजदर बढ्यो 

नेपालभ्युज

बैंकहरूले राष्ट्र बैंकबाट लिने ऋणको ब्याजदर बढ्यो 

काठमाडौँ। बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट ऋण लिँदा तिर्नुपर्ने ब्याजदर (बैंक दर) बढाइएको छ। चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत राष्ट्र बैंकले उक्त व्यवस्था गरेको गभर्नर महाप्रसाद अधिकारीले बताएका हुन्।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई मर्जरका लागि प्रोत्साहन गर्दै दिएको विभिन्न छुट तथा सहुलियतहरू चालु आर्थिक वर्षको पुस मसान्तसम्म जारी राख्ने भएको छ ।

यस्तो व्यवस्था गत आर्थिक वर्षको असार मसान्तसम्म मात्र भनिए पनि मर्जर आकर्षणका लागि पुस मसान्तसम्म जारी राख्ने निर्णय गरिएको राष्ट्र बैंकले जनाएको छ।

यस्तै राष्ट्र बैंकले चालु आर्थिक वर्षमा विस्तृत मुद्रा प्रदायकको वृद्धिदर १२ प्रतिशत प्रक्षेपण गरेको छ।
यसै गरी, बैंकले ब्याजदर करिडर १ दशमलव ५ प्रतिशत वृद्धि गरिएको छ।

सरकारले ५ लाखसम्म कर्जा लिएका उद्योगीहरूसँग प्यानल ब्याज नलिने घोषणा गरेको छ ।
अधिकतम ५ लाखसम्म कर्जा लिएका उद्योगीहरूलाई मौद्रिक नीतिले सावाँ तथा ब्याज असोज मसान्तसम्म भुक्तानी गरेमा प्यानल ब्याज लिन नपाउने व्यवस्था गरेको छ । असार मसान्तसम्म बुझाउनुपर्ने व्यवस्था रहेकोमा मौद्रिक नीतिले यसलाई बढाएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved