नागरिकता विधेयक पारित गर्न सत्ता गठबन्धनमा सहमति

नेपालभ्युज

नागरिकता विधेयक पारित गर्न सत्ता गठबन्धनमा सहमति

काठमाडौं। नागरिकता विधेयक संसदबाट पारित गर्ने विषयमा सत्ता गठबन्धनका नेताहरु सहमत भएका छन्। प्रधानमन्त्री देउवाले शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरूसँग गरेको छलफलमा सहमति जुटेको हो। पाँच दलमध्य राष्ट्रिय जनमोर्चाले फरक मत राखे पनि पारित गर्न सहमत भएको छ।

गठबन्धन सबै नेताहरु सहमत भएको राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले बताइन्। ‘नागरिकता विधेयक पारित गर्ने विषयमा गठबन्धनका सबै नेताहरूसँग छलफल भयो । त्यसमा सबैको सहमत हुनुहुन्छ’ पौडेलले भनिन्, ‘हामीले त्यसमा सहमत जनाएका छैनौ । त्यसमा समर्थन छैन ।’

राष्ट्रिय जनमोर्चा बाहेक गठबन्धनका शीर्ष नेताहरु नागरिकता विद्येयकमा सहमत जनाएका हुन् । बालुवाटार बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहित गठबन्धनका दोस्रो तहका नेताहरूको समेत सहभागिता थियो ।

यस्तै गृहमन्त्री बालकृष्ण खाँण, कानुनमन्त्री गोविन्द वन्दीसमेत सहभागी थिए । नागरिकता विधेयक गृहमन्त्री खाँणले आज बस्ने संसद बैठकमा निणायार्थ पेश गर्ने भएका छन् । विधेयकमा ४५ जना सांसदले ३१ वटा संशोधन दर्ता गराएका छन् । यो विधेयक संसदीय समितिमा नपठाइ संसदबाटै पारित गर्ने सरकारको तयारी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved