गायिका दिलमायाको हत्या भएको निष्कर्ष, प्रेमीविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता

नेपालभ्युज

गायिका दिलमायाको हत्या भएको निष्कर्ष, प्रेमीविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता

काठमाडौं। ५ साउन। लोकदोहोरी गायिका दिलमाया सुनारको हत्या भएको निष्कर्षसहित जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गएको छ । बिहीबार अदालतमा मुद्दा दर्ता गरेको कार्यालयका प्रमुख गङ्गाप्रसाद पौडेलले बताए ।

सरकारी वकिल कार्यालयले प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा दिलमायाको हत्या भएको निष्कर्षसहित हत्या आरोपमा पक्राउ परेका दिलमायाका प्रेमी भनिएका सूर्य भन्ने खिलबहादुर श्रेष्ठलाई जन्म कैदको सजाय माग गरिएको छ ।

श्रेष्ठ पक्राउ परिसकेका छन्। उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको हो। कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय हुने कानुनी प्रावधान छ ।

गायिका दिलमाया सुनारको हत्यामा उनका प्रेमी भनिएका खिलबहादुर श्रेष्ठ नै दोषी भएको भन्दै नेपाल प्रहरीले सरकारी वकिलको कार्यालय, काठमाडौंमा साउन ३ गते अनुसन्धान प्रतिवेदन पेश गरेको थियो ।

गत असार ११ गते शनिबार तार्केश्वर नगरपालिका–११ स्थित नेपालटारको डेरामा लोकदोहोरी गायिका दिलमायाको शव झण्डिएको अवस्थामा फेला परेको थियो । शुक्रबार राति उनको फेसबुकमा ‘सुसाइड नोट’ पोस्ट गरिएको फेला परेपछि प्रहरीले सुरुमा उनले आत्महत्या गरेको आशंका गरेका थिए । पोस्टमार्टमको प्रारम्भिक रिपोर्टमा पनि दिलमायाको मृत्यु झुन्डिएर नै भएको उल्लेख थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved