मंसिरको चुनाव सार्ने खतरा छ– ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विभिन्न बहाना बनाएर मंसिरको चुनाव सार्ने षड्यन्त्र भइरहेको आरोप लगाएका छन्। आफूहरूको दबाबका कारण स्थानीय तहको चुनाव भए पनि मंसिरको चुनाव सार्ने खतरा रहेको बताएका हुन् ।

नेपालभ्युज

मंसिरको चुनाव सार्ने खतरा छ– ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विभिन्न बहाना बनाएर मंसिरको चुनाव सार्ने षड्यन्त्र भइरहेको आरोप लगाएका छन्। आफूहरूको दबाबका कारण स्थानीय तहको चुनाव भए पनि मंसिरको चुनाव सार्ने खतरा रहेको बताएका हुन् ।

बुधबार काठमाडौंमा बागमती प्रदेश कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले चुनाव सार्ने षड्यन्त्र भइरहेको बताए।
सरकारले चुनावको मिति घोषणा गर्ने तयारी गरिरहेका बेला ओलीले विभिन्न बहानामा चुनाव पर सार्ने खेल भइरहेको बताए।

‘‘मंसिरमा संघीय संसद्का लागि निर्वाचन हुनुपर्नेछ, विभिन्न बहाना बनाएर पर सार्ने खतरा छ। मंसिरमा चुनाव गराउनुपर्छ। यो संवैधानिक प्रश्न हो। यसलाई तलमाथि हुन दिनु हुँदैन’’ ओलीले भने, ‘‘संविधानमाथिको थिचोमिचोले फागुनमा हुनुपर्ने निर्वाचन वैशाखमा हुने स्थिति बन्यो। त्यो पनि नगरेर आगामी चैतमा मात्र गर्ने भनेका थिए। एमालेको नेतृत्वमा भएको राष्ट्रिय प्रयासले गर्दा त्यो सफल भएन।’’

उनले निर्वाचन तलमाथि हुन नदिनका लागि लाग्न पार्टीका नेता र कार्यकर्तालाई निर्देशनसमेत दिएका छन्।

ओलीले सरकार सञ्चालकहरू अयोग्य साबित भएको, भ्रष्ट साबित भएको, नातावाद कृपावादलाई आदर्श बनाएर कुदेको, देशको अर्थतन्त्रलाई वर्वादीतर्फ धकेल्दै लगेको, समाजलाई तनावग्रस्त अवस्थातर्फ धकेल्दै लगेको, अन्तर्राष्ट्रिय सम्बन्धलाई अनुचित ढङ्गले खलबल्याएको र देशको भविष्य नै के होला भन्ने गम्भीर चिन्ता पैदा भएको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved