काठमाडौं महानगरले ७ करोड बढी खर्चिएर थप्यो तीन दमकल

नयाँबाहेक महानगरसँग अहिले पूर्ण क्षमतामा काम गर्न सक्ने २ ओटा र सहयोगका लागि प्रयोगमा ल्याउन सकिने ३ ओटा गरी ५ ओटा दमकल सञ्चालनमा छन्।

नेपालभ्युज

काठमाडौं महानगरले ७ करोड बढी खर्चिएर थप्यो तीन दमकल

काठमाडौं। काठमाडौं महानगरपालिकाले ७ करोड बढी लागतमा तीन ओटा नयाँ दमकल थपेको छ।

दमकल खरिदका लागि २०७७ फागुन महिनामै बोलपत्र आह्वान गरिएको थियो। त्यसमा इन्डोनेसियामा काम गरिरहेको जर्मन कम्पनी जिग्लर इन्डोनेसिया छनौट भएको थियो। कम्पनीले करबाहेक ७ करोड २१ लाख रुपैयाँ मूल्यमा इन्डोनेसियाबाटै सामान पठाएको हो।

दमकलको इञ्जिन क्षमता २७० एचपी हो। दमकलमा प्रतिमिनेट ३ हजार लिटर पानी तान्न र फाल्न सक्ने क्षमता छ। यस्तै ६० मिटर टाढासम्म पानीको फोहोरा हान्न सक्छन्। एकैपटक ४ ओटा डिस्चार्ज लाइनबाट प्रेसरका साथ पानी फाल्न र २ ओटा सक्सन लाइनबाट पानी तान्न सक्छन्।

नयाँबाहेक महानगरसँग अहिले पूर्ण क्षमतामा काम गर्न सक्ने २ ओटा र सहयोगका लागि प्रयोगमा ल्याउन सकिने ३ ओटा गरी ५ ओटा दमकल सञ्चालनमा छन्। जुद्धबारुण यन्त्र कार्यालय काठमाडौंका प्रमुख चन्दन श्रेष्ठकाअनुसार नयाँ सडक बारुण यन्त्र कार्यालयमा एउटा पूर्ण क्षमताको र २ ओटा सहयोगका लागि प्रयोग गर्न सकिने दमकल छन्।

त्यस्तै रामहिटीमा एउटा पूर्ण क्षमताको र एउटा सहयोगका लागि प्रयोग गर्न सकिने दमकल छन्। महानगरसँग ३० मिटरको लामो एउटा र २५ मिटर लामो एउटा गरी २ ओटा ल्याडर छन्। रेस्क्युका लागि एउटा ट्रक र एउटा जीप छन्। त्यस्तै जनशक्ति ओसारपसार गर्न एउटा भ्यान र एउटा जीप छन्। यसैगरी ५ ओटा फायर मोटरसाइकल सञ्चालनमा छन्।

दकमलमा पानी थप्न एउटा पानी ट्याङकर छ। यस्तै पानी तानेर फाल्नका लागि ५ ओटा पम्प छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved